Friday, September 7, 2012

जुम्ल्याहा छोरीमध्ये एउटी गोरी , अर्की काली


जुम्ल्याहा बच्चाहरुमा जिउडाल, वर्ण लगायतका अरु धेरै कुरा मिल्छन् । तर बेलायतकी एक महिलाले भने यस्ता जुम्ल्याहा छोरी पाएकी छिन् जसमध्ये एउटी बच्ची गोरी छिन् भने अर्की काली ।

जुम्ल्याहामध्ये एउटीको वर्ण गोरो र अर्कीको कालो भएपछि अस्पतालका डाक्टरहरु पनि अचम्ममा परेका छन् । तर यस्ता फरकफरक जुम्ल्याहा छोरी पाएकोमा आमा पामेला फ्रेजर भने गौरवान्वित छिन् । उनी
 भन्छिन्, ‘धन्य मैले गोरो र कालो छुट्टाएर पाएँ, एकैठाउँ मिसाइन ।’

जुम्ल्याहामध्ये क्यान्डिस एन नामकी बच्चीको छालाको रंग कालो छ, कपाल तथा आँखाको नानी कालो छ । तर अर्की बच्ची एलिसा लिलीको छाला गोरो छ, कपाल खैरो छ र आँखाको नानी पनि खैरो छ ।

ती महिलाका श्रीमान ओसवाल्डका बुवाआमा र आफ्ना बुवाआमा पनि कालो तथा गोरो वर्णका भएकाले आफ्ना जुम्ल्याहा छोरी फरक फरक भएको हुनसक्ने पामेलाको अनुमान छ । ती महिलाकी आमा कालो वर्णकी तथा बाबु गोरो वर्णका रहेछन् भने पुरुषका बुवा कालो तथा आमा गोरो वर्णकी रहेछिन् ।
चिकित्सकहरुका अनुसार जुम्ल्याहाको वर्ण फरकफरक हुनु निकै दुर्लभ घटना हो । दश लाखमा एक जुम्ल्याहामा यस्तो लक्षण देखिन सक्छ ।

No comments:

Post a Comment