Tuesday, September 11, 2012

बिचित्र संसार


Friday, September 7, 2012

चिहान बाट लास झिकेर लास लाई सिङ्गारी गाउ घुमाउने पर्ब (फोटो सहित)


यो संसारमा विभिन्न संस्कृति तथा परम्परा भएका मानिस छन् । यहाँ यस्ता आदिवासीहरु छन् जसको परम्परा तथा संस्कृति अरु मानिसकालागि अनौठो मात्र होइन सुन्दा पनि आङ नै जिरिंग बनाउने खालको हुन्छ ।
इण्डोनेसियाको सुलावेसी प्रान्तस्थित तोराजा जिल्लामा बस्ने एक आदिवासी समुदायले मनाउने एक पर्व यस्तै अचम्मको छ । स्थानीय भाषामा मानेने भनिने उक्त पर्वमा चिहान खोतलेर मानिसको लास निकालिन्छ अनी उक्त लासलाई नयाँलुगा लगाइन्छ ।

हामी कहाँ गाइजात्राको दिन मृतक आफन्तको सम्झना तथा सम्मानमा गाइको प्रतिक बनाएर सहर घुमाउने चलन छ । तर ती आदिवासीहरु भने चिहानबाट साँच्चीकै मृतकको लास निकालेर नयाँ कपडा लगाइदिएर गाउँ परिक्रमा गराउँछन् । हरेक ३ वर्षमा यो पर्व मनाउने गरिँदोरहेछ । मानिस मरेको सयौँ वर्ष किननहोस् उसको आत्मा परिवारसँगै हुने विश्वास उक्त समुदायका मान्छेहरुको छ ।

उक्त समुदायका मानिसहरुले आफन्तजनको निधन भएपछि उसको शवलाई निकै जतन गरेर नकुहिने गरी चिहान बनाएर गाड्छन् । यसरी गाडिएको लासलाई परिवारजनले यो पर्वका बेला निकाल्छन्, नयाँलुगा लगाइदिन्छन्, सिँगारपटार गरिदिन्छन्, गाउँ घुमाउँछन् र फेरी उसैगरी चिहानमै गाडिदिन्छन् ।


२ वर्षे बालकको अजिंगरसँग हेलमेल


सर्प भनेपछि आङ नै सिरिंग हुन्छ । हामी उमेर छिप्पिएकाहरु त सर्पसित डराउँछौँ भने केटाकेटीहरु नडराउने कुरै भएन । तर यदि दुइ वर्षे बालक दश फुट लामो अजिंगर सँगै बसेको देख्नुभयो भने तपाइँ के भन्नुहुन्छ ? अवश्यपनि तपाइँको मुटुको चाल ह्वात्तै बढ्नेछ । किनकी त्यो बच्चाले अजिंगरलाई नचिनेर उसको नजिक गयो, अब उसलाई अजिंगरले आक्रमण गर्छ भन्ने अनुमान तपाइँको हुन्छ ।
तर अस्ट्रेलियामा एउटा यस्ता बच्चा छन् जसको उमेर २ वर्ष छ तर उनी आफुभन्दा ३ गुणा ठूलो दशफुटे अजिंगरसँग उठबस गरिरहेका हुन्छन् । यस अर्थमा चार्ली पार्कर नामका ती बालक विश्वका सबैभन्दा कम उमेरका वन्जयन्तुकर्मी समेत बनेका छन् र उनी आजभोलि सबैको आकर्षणको केन्द्र बनेका छन् ।
चार्लीलाई उक्त अजिंगरको डर पटक्कै लाग्दैन । उनी निश्चिन्त भएर अजिंगर सँग खेलिरहेका हुन्छन् । कहिले अजिंगरलाई सकी नसकी उठाएर काँधमा बेर्छन् अनी बल्लतल्ल हिँड्छन् ।
विक्टोरिया क्षेत्रमा एक वन्जयन्तु पार्क संचालन गर्ने चार्लीका पिता ग्रेग पार्करलाई आफ्नो छोराको सर्पप्रेम देखेर निकै चित्त बुझेको छ । आफ्नो छोरो सानैदेखि वन्जयन्तुप्रेमी भएकोमा उनलाई गर्व छ ।