Tuesday, September 11, 2012
Friday, September 7, 2012
चिहान बाट लास झिकेर लास लाई सिङ्गारी गाउ घुमाउने पर्ब (फोटो सहित)





यो संसारमा विभिन्न संस्कृति तथा परम्परा भएका मानिस छन् । यहाँ यस्ता आदिवासीहरु छन् जसको परम्परा तथा संस्कृति अरु मानिसकालागि अनौठो मात्र होइन सुन्दा पनि आङ नै जिरिंग बनाउने खालको हुन्छ ।इण्डोनेसियाको सुलावेसी प्रान्तस्थित तोराजा जिल्लामा बस्ने एक आदिवासी समुदायले मनाउने एक पर्व यस्तै अचम्मको छ । स्थानीय भाषामा मानेने भनिने उक्त पर्वमा चिहान खोतलेर मानिसको लास निकालिन्छ अनी उक्त लासलाई नयाँलुगा लगाइन्छ ।
हामी कहाँ गाइजात्राको दिन मृतक आफन्तको सम्झना तथा सम्मानमा गाइको प्रतिक बनाएर सहर घुमाउने चलन छ । तर ती आदिवासीहरु भने चिहानबाट साँच्चीकै मृतकको लास निकालेर नयाँ कपडा लगाइदिएर गाउँ परिक्रमा गराउँछन् । हरेक ३ वर्षमा यो पर्व मनाउने गरिँदोरहेछ । मानिस मरेको सयौँ वर्ष किननहोस् उसको आत्मा परिवारसँगै हुने विश्वास उक्त समुदायका मान्छेहरुको छ ।
उक्त समुदायका मानिसहरुले आफन्तजनको निधन भएपछि उसको शवलाई निकै जतन गरेर नकुहिने गरी चिहान बनाएर गाड्छन् । यसरी गाडिएको लासलाई परिवारजनले यो पर्वका बेला निकाल्छन्, नयाँलुगा लगाइदिन्छन्, सिँगारपटार गरिदिन्छन्, गाउँ घुमाउँछन् र फेरी उसैगरी चिहानमै गाडिदिन्छन् ।
२ वर्षे बालकको अजिंगरसँग हेलमेल
सर्प भनेपछि आङ नै सिरिंग हुन्छ । हामी उमेर छिप्पिएकाहरु त सर्पसित डराउँछौँ भने केटाकेटीहरु नडराउने कुरै भएन । तर यदि दुइ वर्षे बालक दश फुट लामो अजिंगर सँगै बसेको देख्नुभयो भने तपाइँ के भन्नुहुन्छ ? अवश्यपनि तपाइँको मुटुको चाल ह्वात्तै बढ्नेछ । किनकी त्यो बच्चाले अजिंगरलाई नचिनेर उसको नजिक गयो, अब उसलाई अजिंगरले आक्रमण गर्छ भन्ने अनुमान तपाइँको हुन्छ ।

तर अस्ट्रेलियामा एउटा यस्ता बच्चा छन् जसको उमेर २ वर्ष छ तर उनी आफुभन्दा ३ गुणा ठूलो दशफुटे अजिंगरसँग उठबस गरिरहेका हुन्छन् । यस अर्थमा चार्ली पार्कर नामका ती बालक विश्वका सबैभन्दा कम उमेरका वन्जयन्तुकर्मी समेत बनेका छन् र उनी आजभोलि सबैको आकर्षणको केन्द्र बनेका छन् ।
चार्लीलाई उक्त अजिंगरको डर पटक्कै लाग्दैन । उनी निश्चिन्त भएर अजिंगर सँग खेलिरहेका हुन्छन् । कहिले अजिंगरलाई सकी नसकी उठाएर काँधमा बेर्छन् अनी बल्लतल्ल हिँड्छन् ।
विक्टोरिया क्षेत्रमा एक वन्जयन्तु पार्क संचालन गर्ने चार्लीका पिता ग्रेग पार्करलाई आफ्नो छोराको सर्पप्रेम देखेर निकै चित्त बुझेको छ । आफ्नो छोरो सानैदेखि वन्जयन्तुप्रेमी भएकोमा उनलाई गर्व छ ।
राजाका अगाडि कुमारी कन्याहरुको नांगो परेड (फोटोफिचर सहित)
आफ्नो देशका राजाप्रति सम्मान तथा एक्येबद्धता प्रकट गर्न त्यस देशका जनताले के गर्लान् ? यसको एउटै जवाफ नहुनसक्छ, किनकी देश गुनको भेष भनेझैँ सबैको आ आफ्नो तरिका हुनसक्छ ।
तर स्वाजिल्याण्ड भन्ने अफि्रकी देशमा भने राजाप्रति सम्मान तथा एकता पर््रदर्शन गर्न त्यस देशका हजारौँ महिलाहरुले हालै नांगो परेड देखाएका छन् ।
अफि्रकी महादेशकै अन्तिम सक्रिय राजतन्त्रको रुपमा रहेको स्वाजिल्याण्डका राजले बिहे गर्नका लागि केटी छान्न पनि देशभरीका तरुनी कन्याहरुलाई नांगै जुलुस निकाल्न लगाएको विषयले केही समयअघि चर्चा र विवाद उत्पन्न गराएको थियो । निरंकुश राजाले जबरजस्ती महिलाहरुलाई नंग्याएको आरोप लागेको थियो ।

तर यो पटक भने राजधानीस्थित राजदरबार बाहिरै आयोजित एक भव्य समारोहमा हजारौँ महिला तथा युवतीहरु स्वतःस्फर्ूत रुपमा टपलेस भएर राजका अगाडि परेड देखाए । परम्परागत पहिरनमा सजिएका महिलाहरुले तल्लो वस्त्र लगाएका भएपनि अधिकांसको सरीरको माथिल्लो भाग नांगो थियो । जसका कारण उनीहरुका स्तन देखिएका थिए ।
खासगरी राजारानीका आमाप्रति श्रद्धा प्रकट गर्न उनीहरुले महिलापन र कुमारीत्वका गाथा गाएर नाच समेत प्रस्तुत गरेका थिए । वास्तवमा महिला हुनु भनेको गर्वको विषय हो भन्ने कुरा देखाउन महिलाहरुले यसो गर्ने गरेका बताइन्छ ।

टपलेश परेडमा सहभागि एक १८ वर्षीया किशोरीले आफु स्वाजिल्याण्डको नागरिक तथा कुमारी केटी हुन पाएकोमा गर्व महसुस भएको बताउँदै आफु राजासँग एक्येबद्धता जनाउन त्यहाँ आएको बताइन् ।
स्वाजिल्याण्ड अफि्रकाको सबैभन्दा गरीब देश मध्येको एक हो । यहाँका राजाका मसवाती तृतीयका कम्तिमा एक दर्जन श्रीमतीहरु रहेको बताइन्छ । देश गरीब भएपनि राजा भने धनकुवेर नै रहेको र उनको २० करोड अमेरिकी डलर सम्पत्ति रहेको बताइन्छ ।





साङ्ला दौडने रेष्टुरेन्टलाई लाख डलर जरिवाना

हामीकहाँ गुँदपाकमा गुहु मिसाउनेलाई पनि खासै कारवाही हुँदैन । तर विकशित देशमा भने खाद्य पदार्थमा हुने मिसावट तथा सरसफाइमा गरिने हेलचेक्राइ अक्षम्य अपराध बन्दछ ।
अस्ट्रेलियामा एकजना भारतीय रेष्टुरेन्टका मालिकले रेष्टुरेन्ट फोहोर राखेको आरोपमा झण्डै एक लाख डलर जरिवाना तिर्ुनपरेको छ । किंग्स क्रस इलाकामा रहेको उक्त रेष्टुरेन्टलाई सफाइ तथा स्वच्छता उल्लंघन गरेको आरोपमा यतिधेरै रकम सजाइँ सुनाइएको हो ।
अनुगमनका क्रममा उक्त रेष्टुरेन्ट भित्र सरसफाइमा ध्यान नदिइएको तथा विभिन्न ठाउँमा मरेका मुसा पाइनुका साथै यत्रतत्र सांग्ला देखिएका थिए । सरसफाइमा हेलचेक्राइ गरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको भन्दै स्थानीय अदालतले खाद्य पदार्थ स्टार्न्र्डड ऐन अनुसार उक्त रेष्टुरेन्टका मालिकलाई साढे ९७ हजार डलर जरिवानाको फैसला गरेको हो ।
एक ग्राहकको उजुरीको आधारमा स्वास्थ्य अधिकारीहरुले उक्त रेष्टुरेन्टको नीरिक्षण गरेका थिए । त्यसक्रममा दराजहरुमा मुसाको लेँड पाइनुका साथै रछ्यानको नजिकै मरेको मुसा फेला परेको थियो । रेष्टुरेन्टका ढोका तथा काउन्टर लगायतका ठाउँमा सांग्लाहरु गर्ुर्रुर दौडेको देखेपछि अनुगमन अधिकारीहरुको पारो तातेको थियो । दराजको खापाहरुमा धूलो तथा माटो जमेको र त्यहीँमुनिका खापामा खाद्यपदार्थ राखिएको अनुगमनका क्रममा पाइएको थियो ।
के गर्नु, यतिविधि कडा कानुन हुन्छ र पो उपभोक्ताको अधिकार सुनिश्चित हुन्छ । हाम्रोमा कहिलो होला त्यस्तो ?
गिनिज बुकमा चढ्यो एक टनको बर्गर
तपाइँले खाने बर्गर कत्रो हुन्छ ? हातमा अट्ने उक्त बर्गरको तौल कति होला ? के तपाइँले एक टन तौलको बर्गरको कल्पना गर्नुभएको छ ? छैन भने अब तपाइँले कल्पनै गर्न परेन, किनकी विश्वमा एक टन तौल भएको बर्गर निर्माण भैसकेको छ ।
अमेरिकाको एक क्यासिनोले विश्वकै सबैभन्दा ठूलो चिजबर्गर बनाएर किर्तिमान कायम गरेको छ । १० फिट ब्यास भएको यो चिजबर्गरको तौल एक टन रहेको छ । यो चिजबर्गर आइतबार कार्लटनस्थित ब्लायक बियर क्यासिनो रिसोर्टमा पाहुनाहरुलाई खुवाइयो ।
गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधि फिलिप रोबर्टसनले यो बर्गरलाई विश्वकै सबैभन्दा ठूलो बर्गरको रुपमा गिनिज बुकमा नाम चढाएको प्रमाणपत्र प्रदान गरे । उनले यति ठूलो बर्गरको निर्माण हुनु समूह भावनामा काम गर्नुको परिणाम भएको भन्दै बर्गर निकै स्वादिष्ट रहेको पनि बताए ।
यो किर्तिमानी बर्गरमा २७ किलो मासु, २३ किलो सलाद, २३ किलो प्याज, १८ किलो अचार तथा १८ किलो चीज मिसाइएको छ । यो बर्गरलाई पकाउन झण्डै ४ घण्टा समय लागेको थियो । यो बर्गरलाई उठाउन क्रेनको सहायता लिनुपरेको थियो ।
स्मरण रहोस् यसभन्दा पहिले विश्वको सबैभन्दा ठूलो बर्गरको तौल ४ सय केजी थियो ।
जुम्ल्याहा छोरीमध्ये एउटी गोरी , अर्की काली
जुम्ल्याहा बच्चाहरुमा जिउडाल, वर्ण लगायतका अरु धेरै कुरा मिल्छन् । तर बेलायतकी एक महिलाले भने यस्ता जुम्ल्याहा छोरी पाएकी छिन् जसमध्ये एउटी बच्ची गोरी छिन् भने अर्की काली ।जुम्ल्याहामध्ये एउटीको वर्ण गोरो र अर्कीको कालो भएपछि अस्पतालका डाक्टरहरु पनि अचम्ममा परेका छन् । तर यस्ता फरकफरक जुम्ल्याहा छोरी पाएकोमा आमा पामेला फ्रेजर भने गौरवान्वित छिन् । उनी
भन्छिन्, ‘धन्य मैले गोरो र कालो छुट्टाएर पाएँ, एकैठाउँ मिसाइन ।’
जुम्ल्याहामध्ये क्यान्डिस एन नामकी बच्चीको छालाको रंग कालो छ, कपाल तथा आँखाको नानी कालो छ । तर अर्की बच्ची एलिसा लिलीको छाला गोरो छ, कपाल खैरो छ र आँखाको नानी पनि खैरो छ ।
ती महिलाका श्रीमान ओसवाल्डका बुवाआमा र आफ्ना बुवाआमा पनि कालो तथा गोरो वर्णका भएकाले आफ्ना जुम्ल्याहा छोरी फरक फरक भएको हुनसक्ने पामेलाको अनुमान छ । ती महिलाकी आमा कालो वर्णकी तथा बाबु गोरो वर्णका रहेछन् भने पुरुषका बुवा कालो तथा आमा गोरो वर्णकी रहेछिन् ।
चिकित्सकहरुका अनुसार जुम्ल्याहाको वर्ण फरकफरक हुनु निकै दुर्लभ घटना हो । दश लाखमा एक जुम्ल्याहामा यस्तो लक्षण देखिन सक्छ ।
जुम्ल्याहामध्ये क्यान्डिस एन नामकी बच्चीको छालाको रंग कालो छ, कपाल तथा आँखाको नानी कालो छ । तर अर्की बच्ची एलिसा लिलीको छाला गोरो छ, कपाल खैरो छ र आँखाको नानी पनि खैरो छ ।
ती महिलाका श्रीमान ओसवाल्डका बुवाआमा र आफ्ना बुवाआमा पनि कालो तथा गोरो वर्णका भएकाले आफ्ना जुम्ल्याहा छोरी फरक फरक भएको हुनसक्ने पामेलाको अनुमान छ । ती महिलाकी आमा कालो वर्णकी तथा बाबु गोरो वर्णका रहेछन् भने पुरुषका बुवा कालो तथा आमा गोरो वर्णकी रहेछिन् ।
चिकित्सकहरुका अनुसार जुम्ल्याहाको वर्ण फरकफरक हुनु निकै दुर्लभ घटना हो । दश लाखमा एक जुम्ल्याहामा यस्तो लक्षण देखिन सक्छ ।
Subscribe to:
Comments (Atom)

